आर.एन नेटवर्क, साउन २२ रोल्पा । बागलुङमा पहिरोमा पुरिएर ८ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
आज बिहान बडिगाड गाउँपालिका–९ मा एउटा घर पुरिँदा दुई जना र बडिगाड–१० आरुपाटामा जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको ज्यान गएकाे हो ।
आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरूकाे परिचय खुलिसकेकाे छैन ।
पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
तस्बिर : मेख बुढाकाे फेसबुकबाट

0 Comments