बर्दियाको बबई सिँचाइ नहरले बगाउँदा एक बालिकाको ज्यान गयो

आर.एन नेटवर्क, भदौ १४ रोल्पा । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको ज्यान गएको छ । बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको नहरले बगाउँदा ज्यान गएको हो । हिजो साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो ।

बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । नहर किनारमा चप्पल फेलापरेपछि बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको ठाउँबाट चार किलोमिटर पश्चिमतर्फ वडा नम्बर ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments