पहिरोले गुल्मीमा २ घर पुरिदा ४ जनाको मृत्यु २ जना घाइते

 अनिल खत्री

आर.एन नेटवर्क, साउन २२ रोल्पा । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

मंगलबार बिहान घरमाथीबाट लेदो सहितको पहिरोले बिष्णु बिकको घर र हुकुम बिकको घर पुरिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।


पहिरोमा मृत्यु हुनेहरुको पहिचाहन खुलेको छैन् । पहिरोमा पुरिएकाहरुको उद्धारको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ । क्षतिको बिबरण आउन बाकी रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । गएरातीबाट गुल्मीमा वर्षात भइरहेको छ ।

Post a Comment

0 Comments