भारतीय विदेश सचिव मिस्री काठमाण्डौमा

आर.एन नेटवर्क, साउन २७ रोल्पा  । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ । मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गर्नुभयो ।

परराष्ट्र मन्त्रालयकाअनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई बिस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । 

साथै भारतका विदेश सचिवले भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा लगायत शीर्ष नेतासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।

भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उहाँ हालै विदेश सचिवमा नियुक्त हुनुभएको हो । उहाँको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको 'छिमेक पहिलो नीति'अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकाले बताएका छन् । विदेश सचिव मिस्री भोलि स्वदेश फर्कनु हुनेछ ।

Post a Comment

0 Comments