आज मेरो जन्म दिन

आर.एन नेटवर्क, भदौ १४ रोल्पा    आमा आज मेरो जन्मदिन। यो संसार देखेको दिन। यो संसारमा पाइला टेकेको दिन आज। अलि न्यास्रो लाग्दै छ आमा खै किन हो थाहा छैन म जन्मेदेखि आफ्नो लागि नसोचि नखाई नलाई यहाँसम्म पुर्‍याउनु हुने मेरा प्यारा आमा बाबाप्रति नमन। त्यसैगरी मलाई पढाइ लेखाइमा अगाडि बढ्नु सधैं सत्यको बाटो अपनाउनु ठूलो मान्छे बन्नू हामीले गर्व गर्ने बन्नु भन्दै सधैं सत्मार्गमा डोर्याउने मेरा गुरूबा गुरूआमाप्रति नमन। 

आफूले नखाएर मलाई खुवाउने आमा। आफूले नलगाएर मलाई कपडा लगाइदिने मेरो बुवा। अनि हरेक क्षणमा म मुस्कुराएको देख्न चाहने मेरो परिवार। आमा…! बुवा…! म बाल्यकाल हुँदै जवान हुँदा समेत हजुरहरूलाई सम्बोधन गर्ने कुनै शब्द भेटेको छैन। र भेटूँ पनि कसरी!

हो, आमा आज म जन्मेको दिन हजुरको मुहारमा खुसी छाएको दिन। ती आँसुले भरिएका आँखामा खुसी आएको दिन। वर्षौंदेखि छोरो भएन भनि रून्चे अनुहारमा खुसी छाएको दिन। म कसरी सम्झूँ आमा म त एक पात्र मात्र थिएँ। मलाई यो संसारमा जन्म दिनुभयो अब सधैं सत्यको मार्गमा हिँड्नेछु बाबाको र हजुरको नाम उच्च राख्नेछु आमा।

आमा म कसरी वर्णन गरूँ हजुरलाई मसँग वर्णन गर्नलाई कुनै शब्द छैन आमा। कुनै शब्द भेटिनँ आमा। आमा भन्ने शब्द कति महान् छ ।  हजुरजस्तै हजारौं आमाको दु:खको मल्हम बन्नेछु हजारौं आमाको सहारा बन्नेछु।

आमा हजुरको नाम सधैं उच्च राख्नेछु। हजुरले सिकाएको आदर सम्मान मैले कहाँ बिर्सेको छु र! आमा त्यो माया आदर सम्मान कहिल्यै बिर्सने छैन आमा। म अब केही दिनमा उच्च शिक्षाको लागि बाहिर जानेछु त्यहाँ मात्र हजुरको आशीर्वादको खाँचो हुनेछ आमा सधैं एक्लो भएको महसुस हुनेछ। आमा म हजुरको दशधारा दूधको ऋण त तिर्न नसकूँला तर मेरी आमा म हुँदासम्म म रहेसम्म हजुरलाई केही दु:ख कष्ठ हुनदिने छैन आमा।

यो महान शब्दको म कसरी वर्णन गरूँ आमा। म त शब्दमा यो सबै लेख्न व्यतित छु। मेरो जीवनमा कहिल्यै व्यवहारमा यो सबै शब्द उतार्न पाउला। मेरो जीवनको अरू केही लक्ष्य छैन आमा। बस् मेरा भगवान जस्ता आमा बाबालाई सधैं खुसी राख्न पाऊँ।मानिस कति निर्दयी छन् है आमा। भगवान खोज्न मन्दिर पस्छन् किन पस्नु पर्यो मन्दिर आफ्ना आमा बाबालाई सधैं माया गर, घृणा नगर सधैं उहाँहरूको भनेजस्तै काम गर किन खोज्न जानुपर्यो भगवान? 

हो आमा, म मन्दिर नि त्यहीँ पाउँछु भगवान नि त्यहीँ पाउँछु आमाबाबा नि त्यहीँ पाउँछु त्यो हजुरको चरणमा छु र सधैं त्यहीँ हुनेछु आमा। 

अन्त्यमा हाम्रै स्थानीय भाषामा आफूलाई जन्मदिने आमैको लागि पनि मीठो सम्झना छ ।


Post a Comment

0 Comments