दिपक पुन, आर.एन नेटवर्क, भदौ १६ रोल्पा ।
लुम्विनी प्रदेशको राजधानी दाङ जिल्लामा ५ दिने आधारभुत रेडियो पत्रकारिता तालिम सम्पन्न भएको छ ।
मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत सामुदायिक रेडियो विभागको आर्थिक तथा प्राविधिक सहयोग र भरोसा सामुदायिक सेवाको आयोजनामा ५ दिने आधारभुत रेडियो पत्रकारिता तालिम सम्पन्न भएको हो ।
लुम्विनी प्रदेशको राजधानी घोराहीमा भाद्र ११ गते देखि सुरु भएको तालिम आईतवार एक औपचारिक कार्यक्रमका विच समापन गरीएको हो ।आधारभुत पत्रकारिता तालिममा घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाहरुवाट १३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले वताएको छ।
उप महानगरपालिकाको वडा नम्वर १५ मा अवस्थित होटेल सिटी प्लाजाको सभाहलमा संचालन गरीएको तालिममा एचडिसिएसका रेडियो विभाग संयोजक विजय कुमार मानन्धर, आफनो एफ.एम.ओखलढुंगाका स्टेशन प्रमुख विनुमाया राई, आफनो एफ.एम.चितवनका स्टेशन प्रमुख क्रिष्मा चेपाङ रेडियो नयाँ आशा जनकपुरका प्रमुख सुरेन्द्र राय,आफनो एफ.एम.डडेलधुराका प्रमुख सागर ताम्राकारले सहजिकरण गर्नुभएको थियो ।
त्यसै गरी राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार हरि जिज्ञासु, रेडियो आफनो एफ.एम.रुकुम पशिचमका स्टेशन प्रमुख गोपाल रेग्मीले पनि तालिमको सहजिकरण गर्नुभएको आयोजकले जानकारी दिएको छ ।
प्रशिक्षकहरुले सामुदायिक रेडियोको महत्व, रेडियोको प्रकार, रेडियोका कार्यहरु कार्यक्रम उत्पादन, पत्रकार आचार संहिता, हार्ड न्यु,फिचर लेखन, रेडियो व्यवस्थापन, कार्यक्रम रेर्कडिंग, मिक्सिगं तथा सम्पादनको को वारेमा सहजिकरण गरिएको तालिमका सहभागि प्रशिक्षार्थी प्रशंशा घर्ती र प्रकाश बस्नेतले दिनुभएको छ ।
सामुदायिक रेडियो नयाँ आशा जनकपुरका प्रमुख सुरेन्द्र कुमार रायले कम्प्युटरको हार्डवयर, सफटवयर,इनपुट, आवट पुट,डाटा स्टोरेजको विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक विषयमा सहजिकरण गर्नुभएको थियो ।
तालिममा प्रविधि र प्राविधिक कार्य, खोजपत्रकारिता, अपांगता भएका व्यक्तिहरुको सामुदायिक रेडियोमा पहुँच, रेडियो कार्यक्रम निर्माण, रेडियो रिपोर्ट, अन्तर्वाता, विज्ञापन, उत्पादन तथा प्रसारण, लगाएत विविध विषयमा पनि सहजिकरण गरिएको रेडियो विभाग संयोजक मानन्धरले वताउनुभयो ।
दाङमा सामुदायिक रेडियो भरोसा एफ.एम.१०४ थोप्लो ९ मेगाहर्जको इजाजत प्राप्त भैसकेको र हाल भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
टावर जडान र स्टुडियो निर्माणको काम केहिदिनमा सम्पन्न भए लगत्तै रेडियोले परिक्षण प्रसारण सेवा शुरु गर्ने आयोजकले वताएको छ ।
हरित क्रान्ति आत्मनिर्भरता, सहभागिता र समानता मानव विकास स्वस्थ र स्वच्छ घोराही उपमहानगरपालिका मूल नारा लिएको पालिकामा २०७८ सालको जनगणना अनुसार कुल २ लाख ५ सय ३० जनसंख्या रहेको छ ।
चुरे र महाभारत पर्वतले घेरेको एसियाकै दोस्रो ठुलो उपत्यकाको रुपमा लिईने दाङ जिल्लामा कुल १९ वटा वडा रहेका छन ।नेपाल पत्रकार महासंघ दाङको तथ्यांक अनुसार घोराही उपमहानगरपालिकामा हाल १४ वटा सामुदायिक रेडियोहरु संचालनमा रहेका छन ।
रेडियो भरोसा संचालनमा आएपछि दाङ जिल्लामा सामुदायिक रेडियोको संख्या १५ पुग्नेछ ।भरोसा सामुदायिक सेवाका सल्लाहकार जिवन गुरुङको प्रमुख आतिथ्यता रहेको तालिम समापन कार्यक्रममा मानव विकास तथा सामुदायिक सेवाका रेडियो विभाग संयोजक विजय कुमार मानन्धर, घोराही उपमहानगरपालिका अन्तर्गत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा वोल्दै रेडियो भरोसाका सल्लाहकार सदस्य जिवन गुरुङले रेडियो पत्रकारिताको विषयमा सहभागिहरुले सिकेका कुराहरुलाई आफनो व्यवहारमा लागु गरी रेडियोको माध्यामवाट समाज रुपान्तरण एवम सुशासनको क्षेत्रमा योगदान पुरयाउने कुरामा विश्वास लिएको वताउनुभयो ।
उहाँले जसरी रेडियोको नाम भरोसा राखिएको छ, त्यसरी नै रेडियोको नाम जस्तै आम समुदायको आस्था र भरोसाको माध्यामको रुपमा रेडियोलाई स्थापित गर्नको लागि संचालक समितिलाई शुभकामना व्यक्त गर्नुभयो ।
भरोसा सामुदायिक सेवाका अध्यक्ष शान्त घर्तिको अध्यक्षता रहेको कार्यक्रममा साुमदायिक रेडियो ओखलढुंगाका स्टेशन प्रमुख विनुमाया राईले संचालन गर्नुभएको थियो।
0 Comments