बिरेन्द्र घर्ती रोल्पा
राजेश नेपाली नेटवर्क, ६ पौष । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस को जोखिम लाई फैलिन नदिनको लागी रोल्पाको होलेरी मा‘तपाईको मास्क खै’ अभियान चलाइएको छ । ओमिक्रोन भाइरस नेपालमा भित्रिएको हुदा यस बाट बन्चको लागी आज होलेरी चेक पोस्ट बाट सुरु भएको अभियानले होलेरी बजार क्षेत्रका विभिन्न बैंक , संघ संस्था, पसल, चोक, र गल्ली–गल्लीमा सचेतना अभियान संचालन गर्दै माक्स वितरण गरिएको छ ।
अभियानमा ईलाका प्रहरी कार्यलय का इनेस्पेक्टर जिबराज को टोलि, ट्राफिक प्रहरी , गोल्डेन टेलिजन का सन्चालक बिरेन्द्र घर्ती र मस्ट नेपाल टि.भि सन्चालन चेतमान बाँठा को सम्वन्य मा भएको कार्यक्रम मा सन्जिबनी मेडिकल होलेरी रोल्पा ५०० सय पिस माक्स , नेपाली काङ्ग्रेस रुन्टिगढी गाउपालिका सचिब चेतलाल खत्री २०० सय पिस माक्स , दङगाली निर्माण सेवा प्रा.लि आकाश बस्नेत २०० पिस माक्स , रुन्टिगढी गाउपालिका स्वास्थ शाखा २०० पिस मक्स र ४ वटा १०० एम.एल सेनिटाईजर, आयुषा फार्मेसी होलेरी रोल्पा ५० पिस माक्स , कोहिनुर होटेल ५० पिस माक्स, र सर्मिला दशौदी ५० पिस माक्स सहयोग गर्नु भएको थियो ।
ओमिक्रोन को भाईरस आफ्नो गाउँ ठाउँमा फैलन नदिनको लागी तपाईं हामी आझै देखि सचेत भनौ भन्दै पैदल यात्री, व्यवसायी, मजदुर र सवारी चालक लगायत त्यसमा सवार यात्रुहरुलाई मास्क अनिवार्य लगाएको छ ,कि छैन भनी दैनिकी रुपमा चोक जाज गर्ने कुरा पनि इलाका प्रहरी होलेरीका ईनिस्पेक्टर जिबराज थापा बताउनु भएको छ ।
0 Comments