राजेश नेपाली नेटवर्क, १२ पौष । रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्र परित्याग गरी १९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रुन्टीगढी गाउँपालिका वडा नं ८ का युवाहरू आज एक कार्यक्रमका विच पार्टी प्रवेश गरेको नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनले बताउनु भएको छ ।
ओमलाल घर्ती, मोहन घर्ती र सागर पुनको नेतृत्वमा १९ जना युवाहरू माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेको रुन्टीगढी कांग्रेसले जनाएको छ । पछिल्लो समय रुण्टीगढीमा अन्य विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको देखिन्छ ।
0 Comments