राजेश नेपाली नेटवर्क, ६ पौष । प्रतिनिधि सभाको बैठक मंगलबारका लागि बोलाइएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ।
प्रतिनिधि सभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्नेगरि बोलाइएको छ।
यसअघिका बैठक प्रमुख प्रतिपक्ष एमालेले अवरुद्ध गर्दै आएको थियो। मंगलबारको बैठकका लागि ४ वटा सम्भावित कार्यसूची राखिएको छ।
0 Comments