राजेश नेपाली नेटवर्क, २३ पौष । पश्चिमी वायुको प्रभावका कारण हाल देशका अधिकांश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ ।
देशभर नै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको छ ।
आज राति प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।
0 Comments