प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित

राजेश नेपाली नेटवर्क, २२ पौष  । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अध्यक्षमा बासुदेव गिरी सर्वसम्मत निर्वाचित भएका छन् । विहिवार विजुवारमा सम्पन्न अधिवेशनबाट गिरी अध्यक्ष चयन भएका हुन् । गिरी यस अघि प्रेस चौतारी प्यूठानको एक कार्यकाल उपाध्यक्ष थिए । उनी हाल सौर्य दैनिक, आजको पोष्ट डटकम र रेडियो कृपालुमा आवद्ध छन् । गिरी प्यूठानका पुराना पत्रकार हुन् ।




उपाध्यक्षमा महेश थापा (खुल्ला), शिवा रेग्मी (महिला), सचिव दिल बहादुर दसौदी, सह सचिव नोमराज शर्मा (खुल्ला), सृजना सेन (महिला) र कोषाध्यक्ष बोम बहादुर चयन भएका छन् । सदस्यहरुमा सिता न्यौपाने, तेजेन्द्र बिएम, माया घर्ती र हेमन्त पाठक चुनिएका छन् । कार्यक्रममा संयोजक नोमराज पौडेलले पेश गरेको प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पास गरिएको छ ।

अधिवेशन उद्घाटनमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य मणी थापा, पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज तथा पूर्व प्रेस चौतारी इन्चार्ज सूर्य थापा र प्रेस चौतारी नेपालका केन्द्रिय सचिव एवं रासस लुम्विनी प्रदेश प्रमुख भरत केसीले जनतालाई जागरण पैदा गर्ने काम मिडियाले गर्ने भएकाले खोजमुलक र अनुसन्धानमुलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । उनीहरुले एमालेको नेतृत्वबीना राष्ट्रवादको नारा कमजोर हुने समेत बताए । प्रेस चौतारी नेपाल व्यवसायीक पत्रकारहरुको सवैभन्दा ठूलो संगठन हो । कार्यक्रममा चौतारी प्यूठानका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । 

Post a Comment

0 Comments