नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अधिकारी सम्मानित, राईलाई क्रियाशील युवा पत्रकारिता अवार्ड

राजेश नेपाली नेटवर्क, चैत्र १७। नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारी सम्मानित हुनुभएको छ । रिपोर्टस क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा मिडियाको क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील अधिकारीलाई सम्मान गरेको हो ।  निर्देशक अधिकारीको कुशल व्यवस्थापकीय क्षमतको कदर गर्दै क्लबले सम्मान गरेको हो । यस्तै युवा पत्रकार डाकमान राईलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि रेडियो तथा अनलाइन पत्रकारितामा क्रियाशील पत्रकार राईलाई उहाँको लगनशीलता र इमानदारिताको उच्च मूल्यांकन गर्दै युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।




सोही अवसरमा कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल र तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुवेर चालिसेलाई प्रदान गरिएको छ ।

दुवै पुरस्कारको राशी १–१ लाख रुपैयाँ हो । पुरस्कृत सबैलाई प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रममा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

Post a Comment

0 Comments