दाङमा माेटरसाइकल दुर्घटना हुँदा एक महिलाकाे ज्यान गयाे

राजेश नेपाली नेटवर्क, चैत्र २७ । दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

माेटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन् ।

उनीहरुकाे घोराहीमा उपचार भइरहेको छ । रोहन र सविना दाजु बहिनी हुन् । मृतक उनीहरुकी आमा रहेकाे प्रहरीले जनाएकाे छ ।




घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका-८ वनगाउँमा दुर्घटनामा परेको थियो ।

Post a Comment

0 Comments