राजेश नेपाली नेटवर्क, ९ बैशाख । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु रोल्पा लगाएत देशभर शुरु भएको छ । यस वर्ष रोल्पामा ४ हजार १ सय १७ जना विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका छन । ग्रेटवृद्धि तर्फ ६३ जना र ४ हजार ५४ जना रेगुलर विद्यार्थि एसईई परिक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिनु भयो । जिल्लामा यस बर्ष १९ वटा परिक्षा केन्द्र तोकिएको समेत उहाले बताउनु भएको छ । उहाका अनुसार बाल कल्यमाण मावि लिबाङ, जन जागृती मावि जुगार, महेन्द्र्र मावि होलेरी, अरणिको मािव नुवागाउ, बराह क्षेत्र मावि बडाचौर, त्रिपुुरेस्वरी मवि खुग्रि, नेपाल मावी कोटगाउ, बाल उदय मावि जंकोट, कृष्ण मावी घर्तिगाउ, भीमसेन मावी सैबाङ, जनज्योति मावी गुम्चाल, जनत माबी बागमारा, सुर्योदय मावी सुलिचौर, नमुना माबी जैमाकसला, गगां मावी चौताराडाडा जिनाबाङ, तारा मावी बामरुक, बिरबलभद्र मावि थबाङ, जिबन ज्योती माबी रांक, चन्द्रप्रभा माबी मिझीङ,लगाएतका ठाउमा परिक्षाकेन्द्र तोकिएको उहाले बताउनु भयो ।
आज बिहान ८ बजेबाट शुरु भएको पहिलो दिन अनिबार्य अग्रेजी, आइतबार १० गते दोस्रो दिन गणित, १२ गते नेपालि, १३ गते बिज्ञान, १४ गते समाजिक, १५ गते स्वास्थ अनिबार्य जनसख्या र बातारबण, १६ गर्ते एच्छिक प्रथम सबै बिषय, १७ गते सनिबार एच्छिक बिषयका सबै बिषयहरु १८, १९ र २० प्रबिधीक धारका बिषयहरु हुने उहाले बताउनु भयो । इकाई प्रमुख खड्काका अनुसार जिल्लामा प्राविधिक धारका २ सय ८ जना विद्यार्थि सहभागि भएका छन । उहाले परिक्षामा अनिबार्य प्रबेशपत्र लैजानहुन, परिक्षा केन्द्रमा जादा अनिबार्य विद्यालयको पोशाक लगाउनु हुन अनुरोध समेत गर्नु भएको छ । परिक्षा केन्द्रभित्र परिक्षार्थिहरुले पुस्तक,नोट, मोबाइल, गाइड, परिक्षाको बिषयलाइ सहयोग गर्ने किसिमका अन्य प्रतिबन्धित साधन नलैजान हुन समेत अनुरोध गर्नुभएको छ

0 Comments