बालुवाटारमा निर्वाचन तयारी समितिको बैठक

राजेश नेपाली नेटवर्क, चैत्र २७ । पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको समितिको संयोजक काँग्रेस नेता रामचन्द्र पौडेलका सहयोगी चिरञ्जिवी पौडेलले जानकारी दिए ।


बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने नेताहरुले बताएका छन् । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने बताइएको छ । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थिति बारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।


Post a Comment

0 Comments