गाउँपालिका अध्यक्षमा जिताउनुस, सबै वडामा विद्युत महशुल तिर्नु पर्दैन:-अध्यक्ष पदका उम्मेद्वार क्षेत्री

राजेश नेपाली नेटवर्क, १३ बैशाख । सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा यसपाली गन्जबहादुर क्षेत्रीले उम्मेद्वार दिनुभएको छ । यसअघि सुनिलस्मृगि गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षमा निर्वाचित हुनु भएको क्षेत्रीले यसपटक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस बाट उम्मेद्वार दिनुभएको हो । सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा आफु विजयी भए गाउँपालिका भित्रका सबै वडामा विद्युल निःशुल्क गराउने उहाले बताउनु भएको छ । ७२ वटा वडा रहेको रोल्पामा सबै भन्दा राम्रो काम गरेका अध्यक्ष क्षेत्रीले आफ्नो वडामा पनि निःशुल्क उज्याले कार्यक्रम मार्फत वडा भित्र रहेको अति विपन्न परिवारको विद्युत महशुल वडाले नै तिर्ने व्यवस्था मिलाउनु भएको थियो । अति उत्तम कार्यक्रम भएकाले निःशुल्क उज्यालो कार्यक्रम नेपालका विभिन्न पालिकाहरुले पनि अनुसरण गरेका थिए । नेपाली काँग्रेस बाट गाउँपालिका अध्यक्षको उम्मेद्धार दिनु भएका क्षेत्रीले यदि आफुलाई गाउँपालिकाको अध्यक्षमा विजयि गराएमा गाउँपालिका भित्रका सबै वडामा निःशुल्क विद्युत सेवा दिने उहाले बताउनु भएको छ । 

गरिबिका कारण दैनिक न्युनतम ३० रुपैया पनि तिर्न नसक्ने अवस्थाका नागरिकहरुलाई यस कार्यक्रम अति प्रभावित हुने उहाले बताउनु भएको छ । यसका साथै वडामा आफुले गरेका सबै राम्रा कामहरु गाउँपालिकामा आफुले लागु गर्ने क्षेत्रीले बताउनु भएको छ । यसपालीका चुनाबमा हाम्रालाई भन्दा पनि राम्रा लाई विजयि गराउन उहाले आग्रह गर्नु भएको छ । सुनिलस्मृगि गाउँपालिका भित्रका मतदाताहरुले आफुलाई अत्याधिक बहुमतका साथ विजयि गराए जनप्रतितिधीहरुले पाउने तलव भट्टा पनि कटौति गर्ने उहाले बताउनु भएको छ । यसबाट पालिकामा वार्षिक करिव २ करोड रुपैयाको वचन हुने उहाको भनाई छ । यसरी बचेको पैसा गरिव जनताको जितमा खर्च गर्ने उहाको भनाई छ । जनताका लागि काम गर्छु भनेर आएका जनप्रतिनीधिहरुले जनताको कर बाट उठेको रकम बाट तलब भट्टा खानु उचित नभएको अध्यक्षका उम्मेद्धार क्षेत्रीको भनाई छ ।


Post a Comment

0 Comments