कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

 राजेश नेपाली नेटवर्क, १० बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। समितिको बैठक यसअघि हिजोका लागि बोलाइएको भए पनि शीर्ष नेताहरु दिनभर बैठकमा व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक आजका लागि शारिएको थियो।



कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ११ बजे बस्ने तयारी छ।

बैठकले महानगर र उपमहानगरका मेयर र उपमेयर टुंग्याउने तयारी गरेको छ। सत्ता गठबन्धको बैठकले ६ महानगरमध्ये ३ कांग्रेसको प्रमुख रहेने टुंगो लगाएको छ भने ११ उपमहानरमध्ये ७ वटामा कांग्रेसले नेतृत्व गर्ने छ।

११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समय छुट्याइएको छ।

Post a Comment

0 Comments