कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने

राजेश नेपाली नेटवर्क, चैत्र २५ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । यही वैशाख ३० गते हुने पालिकाको चुनावका लागि आचारसंहिता लागू हुनुअघि कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । आचारसहिंता आज शुक्रवार राति १२ बजेदेखि लागू हुँदैछ ।  

कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री हुने तयारी छ । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नु हुने भएको छ । 



कांग्रेसका मन्त्रीहरूका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्नेछन् । अहिले सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीबाहेक अरू मन्त्री फेरिने एकीकृत समाजवादीले जनाएको छ । आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, समाजिक विकास मन्त्री लालबहादुर खड्का र राज्मन्त्री मनाकुमारी साउद पनि फिर्ता हुनुहुनेछ । 

एकीकृत समाजवादीले आर्थिक मामिला मन्त्री तारा लामालाई फिर्ता बोलाएको छ । उहाँको ठाउँमा समाजवादीकै प्रकाश रावल जानुहुनेछ । राज्यमन्त्री जुनकुमारी चौधरीको ठाउँमा पनि नयाँ राज्यमन्त्री पठाइने भएको छ । समाजवादीका सुदूरपश्चिममा चार मन्त्री र तीन राज्य मन्त्री छन् । 

Post a Comment

0 Comments