काठमाण्डौमा बिहान मौसम खुल्यो : दिउँसोपख देशका धेरै ठाउँमा बद्ली हुने

राजेश नेपाली नेटवर्क, २४ बैशाख । काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ ।

केही दिनदेखि काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम लगातार जस्तै बद्ली भएकोमा आज बिहान काठमाण्डौ उपत्यकामा मौसम खुलेर घाम लागेको हो । अहिले घाम लागे पनि बिस्तारै मौसम बद्ली हुँदै जाने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो । 



उहाँका अनुसार दिउँसोपछि काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी  प्रदेशका  धेरैजसो ठाउँमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भोलिको मौसम पनि यस्तै रहने अनुमान छ।

Previous Post Next Post