Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

चकलेट दिएर बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

राजेश नेपाली नेटवर्क, १६ जेष्ठ । अर्घाखाँचीमा सात वर्षीया बालिकालाई चकलेट दिएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । 

मालारानी गाउँपालिका ७ भेडीखोराका ३८ वर्षीय कमल महतले सात वर्षीया बालिकालाई चकलेट खुवाउने बहाना फकाएर जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 


महतले जेठ १३ गते दिउँसो ३ बजेको समयमा बालिकालाई चकलेट खुवाउने बहाना बनाएर गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो । 

महतलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।