राजेश नेपाली नेटवर्क, ३ जेष्ठ । आजदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ । अधिकांश पालिकाका विद्यालयहरु आजदेखि खुलेका छन् ।
केही विद्यालयले पठनपाठन नै सुरु गरेका छन् भने अधिकांशले आज पहिलो दिन विद्यार्थी कम आएकोले परामर्श दिने, पुस्तक वितरण गर्ने कार्य गरेका छन् ।
भक्तपुर नगरपालिकामा भने अधिकांश विद्यालय जेठ १ गतेदेखि नै खुलेकोले पठन पाठन सुरु भइसकेको छ ।
काठमाडौं महानगरपालिकामा भने ५ जेठदेखि मात्रै पठनपाठन हुने भएको छ । महानगरका सबै विद्यालय आजदेखि खुले पनि शिक्षकहरु विद्यालय जाने पठनपाठनको कार्ययोजना बनाउने काम भइरहेको छ ।
महानगरले शैक्षिक गतिविधिलाई एक रुपता दिन शैक्षिक क्यालेन्डर अनुसार ५ जेठदेखि पठनपाठन सुरु गर्न उल्लेख गरेको छ । सोही अनुसार जेठ पाँच गतेबाट पठनपाठन हुने भएको छ ।