गुल्मी : माछा मार्ने क्रममा खाेलामा डुबेर २ जनाकाे ज्यान गयाे

राजेश नेपाली नेटवर्क, २७ बैशाख । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर रेसुङ्गा नगरपालिका १४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुजन सामतको ज्यान गएको प्रहरीले जनाएको छ । 



हिजो साेमवार माछा मार्न गएका उनीहरू घरमा नआएपछि खोजी गर्दा आज डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव  पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको छ ।

Previous Post Next Post