Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

पोखराबाट १० शव लिएर काठमाडौं पुग्यो सेनाको हेलिकोप्टर

राजेश नेपाली नेटवर्क, १६ जेष्ठ । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका १० जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका आइपुगेको छ ।
 
आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुँदा उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको थियो ।
 
मृत्यु भएकामध्ये पहिलो चरणमा १० जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । 
 
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।