काठमाण्डाैमा बालेन शाहलाई ८ हजार ७८३ मतकाे अग्रता

राजेश नेपाली नेटवर्क,  जेष्ठ । काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार मत कटाउनु भएको छ ।

ताजा मत परिणामअनुसार शाहले १८ हजार चार सय २१ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा आठ हजार सात सय ८३ मतले अगाडि हुनुहुन्छ । 



स्थापितले अहिलेसम्म नाै हजार ६ सय ३८ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले आठ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ  ।

यस्तै उपमेयरमा भने एमालेकी सुनिता डंगाेलकाे फराकिलाे अग्रता कायमै छ । उहाँले १७ हजार आठ सय २६ मत प्राप्त गर्नुभएकाे छ । 

Previous Post Next Post