राजेश नेपाली नेटवर्क,२० श्रावण । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले कांग्रेस स्थापना कालदेखि एक्लै लड्दै आएको पार्टी भएकाले उसलाई कसैको बैशाखी आवश्यक नरहेको बताउनु भएको छ । सरकार बनाउन गठबन्धन आवश्यक भएको तर निर्वाचनमा एक्लै लड्नुपर्नेमा उहाँको जोड छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँंग कुराकानी गर्दै नेता केसीले आउने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा निर्वाचनमा कांग्रेस र अन्य दलबीच आधा आधाको सहमति नहुने बताउनुभयो ।
कम्तिमा पनि ६०/ ४० को सिट बाँडफाड हुनुपर्नेमा नेता केसीको जोड छ । कांग्रेस पार्टीको सम्मानका लागि पनि ५०/ ५० को संभावना नरहेको उहाँको दावी छ । आधा आधाबाट सिट बाँडफाड गर्दा पार्टीलाई घाटा हुने केसीको तर्क छ ।
कांग्रेस स्थापना कालदेखि एक्लै लड्दै आएको पार्टी भएकाले के को आधारमा कहाँ कस्ले पाउने निश्चित मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने भन्दै, योग्य व्यक्ति जुनसुकै पार्टीको भएपनि छुट्न नहुनेमा केसीले जोड दिनुभयो ।

0 Comments