राजेश नेपाली नेटवर्क,२० श्रावण ।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानम
न्त्री झलनाथ खनालले आफ्नो पार्टी १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्षम रहेको बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भन्नुभयो, “एक्लै लड्ने पनि हक छ, तालमेल गर्ने पनि हक छ । अब आउने निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) महत्वपूर्ण शक्तिका रुपमा आउँछ ।”पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँडका लागि आधारहरु तय भइरहेको पनि खनालले बताउनु भएको छ । बहसमा बोल्दै, मुलुकलाई समाजवादतर्फ लाने पार्टीका पक्षमा चुनावी परिणाम आउने ठोकुवा पनि खनालले गर्नुभएको छ ।
सैद्धान्तिक एकरुपता भएका पार्टीहरुबीच साझा घोषणापत्र र चुनाव चिह्न लिएर जानेबारेमा पनि छलफल चलिरहेको खनालले जानकारी दिनुभयो ।

0 Comments