प्रतिनिधि सभा बैठक आज पनि बस्दै

राजेश नेपाली नेटवर्क,२५ श्रावण । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ। 

जस अनुसार बैठकमा तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत हुनेछ भने बुधबार नै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ। शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्‌का महासचिव डा भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।  

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ। 

शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


Post a Comment

0 Comments