राजेश नेपाली नेटवर्क,२४ श्रावण । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना सङ्क्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।

0 Comments