चुनावी तालमेलबारे छलफल गर्न बाबुराम र महिन्द्र बालुवाटारमा

राजेश नेपाली नेटवर्क,२४ श्रावण । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव बालुवाटार गएका छन्।

 
आगामी चुनावबारे गठबन्धन गरेर जाने विषयमा कुराकानी गर्न भट्टराई र यादव आज बालुवाटार गएका हुन्।
 
समाजवादी पार्टी सत्ता गठबन्धनमै रहेर मङ्सिर ४ को चुनावमा जान चाहेको छ।

आगामी चुनावमा गठबन्धन गरेर जानेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न भट्टराई र यादव बालुवाटार गएका हुन्।
 
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो । 
 
‘चुनावी गठबन्धन लगायतबारे पनि कुरा हुन्छ,’ उहाँले भन्नुभयो। बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा हुनुहुन्छ भने महिन्द्र सर्लाहीमा चुनाव लड्ने तयारीमा हुनुहुन्छ । 
 
समाजवादी पार्टीले आफूहरू सत्ता गठबन्धनमै रहेको बताउँदै आएको छ।
 
जसपा छाडेर बाबुराम र महिन्द्रले नयाँ पार्टी हालसालै गठन गरेका थिए।

Post a Comment

0 Comments