आज यी प्रदेशमा वर्षाको सम्भावना

राजेश नेपाली नेटवर्क,३१ श्रावण । हाल देशका तीन प्रदेशमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भू-भागमा आंशिक बदली  रहको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। 

मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहनेछ।  पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। केही क्षेत्रमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

Post a Comment

0 Comments