राजेश नेपाली नेटवर्क,१८ श्रावण । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली भोलि बिहीबार स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली बिहीबार दिउँसो नेपाल फर्कने जनाएको छ ।
नेपाली टोली अपराह्न ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।
नेपाल तेस्रो स्थानमा रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगितामा मालदिभ्स र श्रीलंकालाई हराएको थियो । बंगलादेशसँग बराबरी खेल्दा भारतसँग फराकिलो हार व्यहोरेको थियो ।

0 Comments