सडक दुर्घटनामा अभिनेत्री एनी गम्भीर घाइते

राजेश नेपाली नेटवर्क,२२ श्रावण । हलिउड अभिनेत्री एनी हेचे सडक दुर्घटनामा परेकी छन् । उनको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा रहेको एउटा भवनमा ठोक्किएर दुर्घटनामा परेको हो । 

 

दुर्घटनामा ५३ वर्षीया एनी गम्भीर घाइते भएकी छन् । दुर्घटनापछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उनको अवस्था अहिले नाजुक रहेको बताइएको छ । एनीले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।

Post a Comment

0 Comments