रोल्पा,४ आश्विन । ९ दिनदेखि अनसन बसिरहेका डा.गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएकोमा उहाँ नआउने अडानमा बस्नुभएको छ ।
स्वास्थ्य जटिल बन्दै गएपछि चिकित्सले केसीलाई उपचारका लागि काठमाडौं जान सुझाव दिएका थिए । सोहीअनुसार नेपाली सेवाको स्काइ ट्रक धनगढी गइसकेको छ । सैनिक जहाज धनगढी ल्याण्ड भएको एक घण्टा बितिसकेको छ । तर, केसीले मानिरहनुभएको छैन ।
उहाँमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।
उहाँ उपचाररत सेती प्रादेशिक अस्पतालले उहाँको स्वास्थ्यमा थप जटिलता हुनसक्ने बताएको थियो ।
केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा.शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुनसक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गर्नुभएको थियो ।