पुरुष फुटबलमा आर्मीले लुम्विनीलाई ४–१ ले हरायो

असोज २८,रोल्पा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशमाथि ४–१ को सानदार जित निकालेको छ ।

लामाचौर गोस्तेघाट खेल मैदानमा शुक्रबार (आज) भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेम्जन, जर्जप्रिन्स कार्की र नवयुग श्रेष्ठले १–१ गोल गरे । एक गोल लुम्बिनीका खेलाडीले आत्मघाती गरे ।

एकपक्षीय खेलको पाँचौं मिनेटमै दिनेशको गोलमा आर्मीले अग्रता लियो । २४ औं मिनेटमा लुम्विनीले आत्मघाती गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनायो ।

खेलको ४७ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता फराकिलो बनाए । ५० औं मिनेटमा लुम्बिनीका चेतन थारुले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए । तर ९२ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल थपे ।

Previous Post Next Post