महेन्द्र राय यादवले आज शपथ लिने

राेल्पा । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उहाँलाई सङ्घीय संसद् सचिवालयले आज मात्र शपथ गराउन लागेको हो । 
 

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनुहुने छ । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई हिजो शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आयोजित समारोहमा दुई सय ७० सांसदले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।   
  
यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई  शपथ लिन अनुपस्थित थिए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।

Post a Comment

0 Comments