राेल्पा । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो ।
गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको बालुवाटार स्रोतले जनाएको छ ।
ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

0 Comments