चीनका एक जना प्रख्यात अर्बपति बैंकर हराएका उहाँको कम्पनीले जनाएको छ । चाइना रेनासान्स होल्डिङ्सका प्रमुख कार्यकारी बाओ फ्यान पछिल्ला दिनहरूमा सम्पर्कमा नरहेको कम्पनीले जानकारी दिएको बीबीसीले जनाएको छ ।
बाओ चीनका एक प्रख्यात डिल ब्रोकर हुनुहुन्छ । उहाँका ग्राहकहरूमा डिडी र मेटुवान जस्ता प्रख्यात प्रविधि कम्पनीहरू रहेका छन् । कम्पनीले बाओ फानलाई सम्पर्क गर्न असफल भएको बताएसँगै आज शुक्रवार यस कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।

यसअघि सन् २०२० मा नियामक निकायबारे आलोचनात्मक टिप्पणी गरेको केही समयपछि अलिबाबाका संस्थापक ज्याक मा तीन महिना हराउनुभएको थियो ।
0 Comments