सरकारले अतिरिक्त हुलाकहरु खारेज गर्न लागेपछि कर्मचारीहरु आन्दोलित

काठमाडौं । सरकारले देशभरका अतिरिक्त हुलाकहरु खारेज गर्न लागेपछि अतिरिक्त हुलाक सेवाका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले सरकारको घोषणा फिर्ता लिन माग गर्दै अतिरिक्त हुलाक सेवाका सम्पुर्ण सेवाहरु ठम्प पार्ने आन्दोलन सुरु गरेको छ ।

सरकारले गत जेठ १५ गते गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने घोषणा गरेपछि कर्मचारीहरुले त्यसको भोलीपल्ट देखि नै आन्दोलन सुरु गरेका हुन् ।

एशोसिएसनका अध्यक्ष टंकप्रसाद हुमागाईले वक्तव्य प्रकाशित गरी सरकारको निर्णयले अतिरिक्त हुलाक सेवामा कार्यरत १० हजार ८५३ कर्मचारीको रोजगारी खोसिने उल्लेख गर्नु भएको छ ।

दुरदराजमा रहेर सेवा गरिरहेका कर्मचारीहरुलाई समयानुकुल परिमार्जित गर्नुको सट्टामा खारेज नै गर्ने कार्य अदुरदर्शी रहेको उहाँको भनाई छ । लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्ने निर्णय तत्काल फिर्ता नलिएमा थप कडा आन्दोलन सुरु गर्ने चेतावनी पनि एशोसिएसनले दिएको छ ।

Post a Comment

0 Comments