काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ ।
स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
पेटसम्बन्धी समस्या देखिएपछि उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ। उहाँ पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका हुन्।

0 Comments