शरणार्थी प्रकरणमा आज पूर्व गृहमन्त्री खाँणको तर्फबाट बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस हुँदै छ । खाँणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् ।

अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटोँ दिन आजसम्म थुनछेक बहस सक्न न्यायधीशले आग्रह गरेका छन् ।

तर, ६ जना अभियुक्तको तर्फबाट बहस गर्न बाँकी रहेकाले आजै थुनछेक बहस सकिने सम्भावना न्यून छ ।

खाँणसहित समशेर मिया, टेकनाथ रिजाल, आङटावा शेर्पालगायतको थुनछेक बहस बाँकी छ ।

Post a Comment

0 Comments