मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः‘सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता दिनुस्’

 काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिनुभएको छ। आज पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो,‘नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको यो बैठकले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने मेरो विश्वास छ।’

संविधान जारी भएको झण्डै सात वर्षको अवधिमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो।

Post a Comment

0 Comments