काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै झन्डै २८ घण्टापछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो ।
अहिले सुरुमा एम्बुलेन्स र दुई पाङ्ग्रे गाडीलाई पठाइएको छ ।इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसोदेखि पहिरो खसेको थियो ।
हिजो दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएपछी हजारौ यात्रुहरू अलपत्र परेका थिए ।अवरुद्ध सडक खण्ड निरीक्षणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पनि पुग्नु भएको थियो ।

0 Comments