काठमाडौं। एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उहाँ नेतृत्वको सरकार ढलेको हो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिएका थिए । उहाँको विपक्षमा ४३ मत परेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।आजको बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए ।
जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे ।
जसपाले यसअघि नै तटस्थ बस्ने निणर्य गरेको थियो ।कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
२०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

0 Comments