काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताउनुभएको छ ।
राष्ट्रिय धान दिवस मनाउन पत्नी राधिका शाक्यसँगै चितवन पुग्नुभएको ओलीले पाँच महिनाको नाकाबन्दीमा पनि नेपालको टिकिरहनुको कारण कृषि नै भएको बताउनुभयो ।
उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै उहाँले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले बृद्धि गर्नुपर्ने ओलीको भनाइ रहेको छ ।
नेपालको ६० प्रतिशत भन्दा बढी जनसंख्या अहिले पनि कृषिमा आधारित रहेको उहाँले बताउनुभयो ।

0 Comments