लहानकाे शहीद चाेकमा नयाँ एनसेल सेन्टर

काठमाण्डाै । एनसेलले लहानकाे शहीद चाेकमा नयाँ सेन्टर सञ्चालनमा ल्याएकाे छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रममाझ बिहीवार नयाँ एनसेल सेन्टरको उद्घाटन गर्नुभयाे ।

‘आज, भोलि, सधैँ सँगै’ अनुरूप स्थापना गरिएको यस नयाँ सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङकाे जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्ने कम्पनीले जनाएकाे छ । 

यसैगरी ग्राहकले यस सेन्टरबाट सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई–सिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल गर्न, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ शुरु गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका सेवा प्राप्त गर्ने सक्नेछन् ।

‘हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकलाई सेवाहरूमार्फत धेरैभन्दा धेरै लाभ सिर्जना गर्नु हो’, जाब्बोरले भन्नुभयाे, ‘लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीयस्तरमा विश्वस्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता बमोजिम सञ्चालनमा ल्याइएको हो ।’

हप्ताको सातै दिन बिहान ९ देखि बेलुकी साढे ५ बजेसम्म यस सेन्टरबाट ग्राहकलाई सेवा दिइने एनसेलले जनाएकाे छ । यसअघि एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा सेन्टर सञ्चालन गर्दै आएको छ ।

Post a Comment

0 Comments