काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बजेट पारित गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले बजेटमाथि थुप्रै असहमति र असन्तुष्टि हुँदाहुँदै पनि समानुपातिक वितरण भएन भन्ने गुनासोका बाबजुद पनि जस्ताको तस्तै पारित गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताउनुभएको हो ।
सरकार आफैंले केहि परिवर्तन ग¥यो भने गर्ने तर संसदले बजेट परिमार्जन गर्न सक्ने स्थिति नरहेको नेता लेखकले स्पष्ट पार्नुभयो । यस्तै जिम्मेवार प्रतिपक्ष बजेट असफल पार्न नलाग्ने पनि उहाँको भनाइ छ । । सदनले बजेट संशोधन गर्ने हो भने प्रतिनिधिसभामा नियमावलीमै संशोधन गर्नुर्ने र बजेटको खर्च कटौतीबाहेकका संशोधनबारे स्पष्टता नरहेको नेता लेखकले बताउनुभयो ।
यस्तै बजेट पारित नभए देश चलाउन गाह्रो हुने पनि नेता लेखकको भनाइ छ । आफू पनि बजेट संशोधन गर्ने क्षेत्राधिकार संसदमा राख्नुपर्छ भन्नेमा पक्षमै रहेको नेता लेखकले उल्लेख गर्नुभयो ।
ललिता निवास लगायतका भ्रष्टाचारमा स्वतन्त्र, निष्पक्ष र पूर्वाग्रहरहित छानबिन होस् भन्ने कांग्रेसको धारणा रहेको पनि उहाँको भनाइ छ । अहिले गठबन्धन भत्किन्छ र सरकार परिवर्तन हुने कुरा हल्ला मात्र भएको नेता लेखकले दाबी गर्नुभयो ।

0 Comments