काठमाडौँ । नेकपा एकीकृत समाजवादी नेकपा एसको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा हिजोदेखि सुरु भएको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने भएको हो ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

0 Comments