एसइईका विद्यार्थीलाई गगन थापाको सन्देश–नम्बर मात्रै हैन, सिकाई महत्त्वपूर्ण हुन्छ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले माध्यामिक शिक्षा परिक्षा (एसईई) दिएका विद्यार्थीहरुलाई प्राप्तांक भन्दा सिकाइमा ध्यान दिन सुझाव दिनु भएको छ ।

एसईई उत्तिर्ण भएका विद्यार्थीहरुलाई बधाई दिदै उहाँले भन्नु भएको छ, एसईईको नतिजा तपाईँले आफूलाई चिन्ने र आफूलाई निखार्ने यात्राको मार्गदर्शक बनोस।

परीक्षालाई आफूले आफूलाई, आफ्नो रुचि र क्षमतालाई पहिचान गर्ने अवसरका रुपमा लिन पनि उहाँले आग्रह गर्नु भएको छ । सामाजिक सञ्जालहरुमा उहाँले लेख्नु भएको छ, परीक्षाको प्राप्ताङ्कले मात्रै तपाईँको क्षमतालाई परिभाषित गर्दैन।

उहाँले परिक्षाको अंकभन्दा पनि विद्यार्थीको सिकाई महत्वपूर्ण हुने भएकाले आफूले के सिकेँ भन्ने कुरामा ध्यान दिन पनि सुझाव दिनु भएको छ ।

Post a Comment

0 Comments