काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री चरी जेलैको अवस्थामा रहेको बताउनुभएको छ ।
विधान अनुसार गर्नुपर्ने सबैजसो कार्य सभापतिको निर्णयमा भर पर्ने विधान रहेको उहाँले बताउनुभयो । ‘महामन्त्रीलाई बबुरा देखिरहेको छु । विधानले केही काम गर्न दिने रहेनछ,’ स्नेहीले भन्नुभयो, ‘चरी जेलैमा जस्तो । सबै सभापतिले गर्ने विधानले भनेको रहेछ ।’
नेपाली कांग्रेसलाई भ्रष्टचारीलाई संरक्षण गर्ने दलका रुपमा बाहिर व्याख्या हुँदै आएको उहाँले सुनाउनुभयो । कांग्रेसले ८ लाख ६६ हजार क्रियाशील सदस्यका लागि मात्रै काम गरिरहेको छौं कि सबै जनताका लागि राजनीति गरिरहेका छ ? भन्ने प्रश्न उठेको उहाँले बताउनुभयो ।

0 Comments