काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपित सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरूलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यससँगै पक्राउ परेकाहरू बढीमा कुल १९ दिन हिरासतमा रहिसकेका छन् ।
यस्तै आफूहरूलाई गैरकानूनी थुनमा राखिएको दाबी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको छ ।

0 Comments